काङ्ग्रेसले दिएको टिकट फिर्ता गरी पार्टी नै परित्याग गर्ने अवस्था कसरि आयो ? ( अन्तर्वार्ता )

वीरगंज – बाराको फेटा गाउँपालिका अध्यक्षको लागी नेपालि काङ्ग्रेस बाट एकजनाले पाएको  टिकट पुन काङ्ग्रेसलाई फिर्ता उक्त पार्टी परित्याग गरेका छन  । निर्वाचन आयोगले आईटबार र सोमबार उमेद्वारी मनोनयन दर्ता गर्नको लागि दिएको समयमा सोमबार ढिलो गरी दिउसो ३ बजे गाउँपालिका अध्यक्षको लागी काङ्ग्रेस दिएको टिकट गाउँपालिका अध्यक्षका उमेद्वार रुसत्म अन्सारीले उक्त पार्टीलाई फिर्ता गरी सो त पार्टी नै परित्याग गरी रविन्द्र मिश्र नेतृत्वको  बिबेकशिल साझा पार्टीबाट गाउँपालिका अध्यक्षको उमेद्वारी दर्ता गराएका छन ।

यसै सन्दर्भ हामीले हाले फेटा गाउँपालिकाका अध्यक्षका उमेद्वार रुसत्म अन्सारीलाई टेली फोन गरी –सोधेका छौ । काङ्ग्रेस बाट टिकट पाईनै सकेको थिए तर पनि किन तपाइले टिकट नै फिर्ता गरी पार्टी परित्याग गर्न समेत अवस्थमा पुग्नुभयो ?

गा.पा अध्यक्ष उमेद्वारा अन्सारी – हेर्नु मैले मात्र पाएर हुदैन म संग दशकौ देखि लागेका र वडा अध्यक्षका आकांक्षी रहेका थिए धेरै जना , अनि टिकट वडा अध्यक्षलाई दिने कुरा गाउँपालिका अध्यक्षको उमेद्वार संग सल्लाह लिएर दिनु पर्ने हो तर त्यहा मलाई नै हराउने गरी पार्टीमा अन्तरघात गर्नेलाई वडा अध्यक्षका टिकट दिएर मलाई हराउन खोजिएकोले मैले टिकट नै फिर्ता गरी अर्को पार्टीं बाट आफ्नो उमेद्वारी दर्ता गराएको छु ।

अब यस्तो टिकट नै आफ्ना पक्षका व्यक्तिलाई दिएन भनेर पार्टी नै परित्याग गर्नुभएको छ भने यसले तपाइको राजनीति यात्रामा नराम्रो प्रभाव पार्छ कि नाई ?
गा.पा अध्यक्ष उमेद्वारा अन्सारी – मैले यस्तो निर्णय गर्नु भन्दा अगाडी त्यहाको जनतालाई बसाएर उनीहरुको मनोभावना बुझेको र उनीहरुले भनेपछी मात्र मै त्यस्तो खासै प्रभाव नपर्ने मैले देखेको छु ।

त्यसो भए आफु पक्षधरका जनतालाई तपाइले कसरी चित बुझाउनु भयो बताउनुस न ? के के भन्नु भयो ?
गा.पा अध्यक्ष उमेद्वारा अन्सारी –हेर्नु मेरा पक्षका जनताले एक त् यस्तै आक्रोशित थिए किन भने एक दिन ढिलो गरी त्यो पनि दिउसो ३ बजे काङ्ग्रेसले टिकट दिएको र त्यसमा योग्य व्यक्तिलाई पाखा लगाको प्रति झन रुष्ट थिए । र पार्टीमा अन्तरघात गर्नेलाई टिकट दिए त्यसपछि मै हजारौको संख्यामा रहेका ईमन्दार कार्यकर्तालाई बसाएर म संग भएको घातको बारेमा बताएको छु ।

एकै छिन म याहा रोके तपाईलाई घात भन्नु भो नि कस्तो घात भयो तपाइँ संग ?
गा.पा अध्यक्ष उमेद्वारा अन्सारी – हेर्नु म बिगत लामो समयबाट राजनीतिमा काङ्ग्रेसबाट लागेको मान्छे हु । मैले गरेको मेहनतलाई काङ्ग्रेसले कुच्लेर एक त यस्तै घात गर्यो त्यसमा पनि म जस्तो ईमन्दार पार्टीका कार्यकर्ता संग धोका गरी मलाई अध्यक्ष पदमा सहयोग नै गर्न नसक्ने मनस्तिथि बनाएकालाई टिकट दिएर मलाई हराउन खोजेको यो घात होईन र ।

आज पार्टीलेमा अलि तितो मिठो भएपछी पार्टीलाई नै परित्याग गर्ने तपाईलाई भोलिका दिनमा जनताको दुखमा साथ नै बस्नु हुन्छ भन्ने के अधार छ ?
गा.पा अध्यक्ष उमेद्वारा अन्सारी –छ नि बिगतका दिनमा मैले गरेको कार्यले जनताले आफै मुल्यांकन गर्नेछन , म कोरोना महामारी र हवाहुरिमा आफूबाट हुने सक्दो सहयोग गरेको छु र म बाट हुने जनताको काम सकभर गरेको छु । हेर्नु पार्टी फेरेको छु तर जनता प्रतिको नैतिकता र सद्भाव भने फेरेको छैन । म त्यहाका जनताको लागि सदैब तत्पर छु ।

त्यसो भएको बशाख ३० गते हुने निर्वाचनमा जनताले तपाईलाई आफ्नो मत दिएर विजयी गराउछन त् ?
गा.पा अध्यक्ष उमेद्वारा अन्सारी –यसमा कुनै दुबिधा छैन जनताले भनेर नै मैले उनिहरुको लागी चुनावमा प्रतिस्पर्धा गर्दै छु र मलाई आशा छ , त्यहाका जनताले मलाई जिताउने छन ।

अन्सारीले यस अघिको निर्वाचनमा कांग्रेसबाटै गाउँपालिका अध्यक्षमा चुनाव लडेका थिए । तर झिनो मतान्तरले पराजित भएका थिए । उनले कांग्रेसका नेताहरु आफुलाई टिकट दिए पनि वडाध्यक्षको टिक पैंसाले बिक्री गरेको आरोप समेत लगाएका छन ।