अपवित्र गठजोडविरुद्ध लड्यौँ र राजनीति जित्यौँ : शेखर कोइराला

प्रतिनिधि तथा शुभेच्छुकबाट पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढङ्गले चलाउन चाहिने गरी ४० प्रतिशत मत प्राप्त भएको र यो मतबाट आफू भावविभोर भएको कोइरालाको भनाइ छ । विज्ञप्तिमा पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रुपमा लिएको तथा परिवर्तनको पक्षमा उभिएकाले मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख छ ।

साथै उहाँले सभापति शेरबहादुर देउवाको कार्यकालमा पार्टी पुनर्स्थापित हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।