भेटमा राजदूतहरुको नियुक्ति र अन्य समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै, पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनको आउँदाे रणनीतिबारे पनि कुराकानी भएको छ ।
त्यसैगरी संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको छ । प्रचण्डले प्रधानमन्त्री देउवालाई कांग्रेस सभापतिमा फेरि निर्वाचित भएकोमा बधाई समेत दिनु भएको छ ।