नेपाल स्वास्थ्यकर्मी संघ हुम्लाको अध्यक्षमा बलिराज शाही

जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको भेलाले खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजकसमेत रहेका शाहीले आफ्नो नेतृत्वमा जिल्ला कार्य समिति गठन भएको बताए। यसअघि संघ गठन भएको भए पनि निष्क्रिय रहेको भन्दै स्वास्थ्यकर्मीहरुले संघका उपाध्यक्षमा ६ जना चयन भएका छन्।

जसअनुसार उपाध्यक्षहरुमा रवीन्द्र देवकोट (खुला), सुहाना हमाल (खुला), नन्दबहादुर शाही (सरकारी), छक्क रोकाया (निजी), लक्ष्मी शाही र लण्डुप दोर्जे लामा (समावेशी) रहेका छन्।

त्यसैगरि संघको सचिवमा विनोद बुढा र सहसचिव पाँच जनामा वीरसिंह रावल, जयकली जेठारा, निराजन शाही, नरकली टमटा र कोषाध्यक्षमा रविजंग शाही चयन भएका छन्। दश जना सदस्य पनि सर्वसम्मत चयन भए। अध्यक्षमा चयन भएपछि शाहीले पेशागत हकहित र मुस्कानसहितको सेवा प्रदानका लागि आफू लागिपर्ने बताए।