बलिउड अभिनेता सलमान खानलाई सर्पले टोक्यो

काठमाडौँ — बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । क्रिसमस मनाउनका लागि परिवारसित पानभेल फार्म हाउस गएका बेला उनलाई सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आइतबार बिहान साढे ३ बजे उनलाई सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

लगत्तै उनलाई मुम्बईस्थित एमजीएम अस्पताल भर्ना गरिएको थियो । बिहान साढे ९ बजे उनलाई अस्पतालले डिस्चार्ज दिएको छ । उनलाई अविषालु सर्पले टोकेको थियो । बलिउड सुपरस्टार खान आफ्नो जन्मदिन मनाउनका लागि यो फार्म हाउस जाने गर्छन् । लकडाउनका बेलामा पनि उनी यही फार्म हाउसमा बसेका थिए ।