नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार

गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगेर उपचार सुरु गरिएको थियो । नेता पुन जण्डिससँग सम्बन्धित एकप्रकारको दुर्लभ रोगबाट पीडित हुनुहन्छ । उहाँको उपचारमा ३ दर्जनभन्दा बढी चिकित्सक र नर्सको टोली खटिनु भएकाे छ ।

पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस (बिलरुविन) को मात्रा समेत घटेर १८ मा झरेको छ । यसअघि बैंककमा छँदा बिलरुविनको मात्रा २२ थियो । बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने बान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या सुधार भएको छ ।

उपचारमा सहभागी चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएकाे नेता पुनको पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिनुभयो ।