पश्चिमी कम्बोडियाको गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु

पश्चिमी कम्बोडियाको एक गोदाममा भएको आगलागीमा बीस जना सैनिकको मृत्यु भएको छ । श्रृंखलावद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरुको मृत्यु भएको देशका प्रधानमन्त्री हुन मानेटले बताउनुभयो ।

काम्पोङ स्पेउ प्रान्तको चबर मोन शहरको चमकर डुङ गाउँमा रहेको तेस्रो सैन्य कमाण्ड रहेको थियो । काम्पोङ स्पेउ प्रान्तका प्रहरी प्रमुख मेजर जनरल साम सामुनले घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ ।

हतियार डिपोमा भएको क्षतिको विवरण भने आउन बाँकी छ ।