वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १ सय ६१ रनकाे लक्ष्य

पाँच खेलकाे टी–२० क्रिकेट शृङ्खलाकाे दाेस्राे खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ६१ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायाे । वेस्ट इन्डिज ‘ए’ का आन्द्रे फ्लेचरले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै गुदाकेश माेटीले ८ बलमा नट आउट ३३ रन बनाए । नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान २ विकेट लिए । यस्तै साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

हिजाे भएकाे पहिलाे खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले हराएकाे थियाे । टी–२० क्रिकेट शृङ्खलाकाे तेस्राे खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।