वेस्ट इन्डिज ‘ए’ ले टस जित्याे, नेपाललाई बलिङकाे निम्ताे

नेपालसँगकाे पाँच खेलकाे टी–२० क्रिकेट शृङ्खलाकाे दाेस्राे खेलमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर वेस्ट इन्डिज ‘ए’ का कप्तान राेस्टन चेजले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले बलिङ गरिरहेकाे छ ।

आजकाे खेलमा नेपालले टाेलीमा पाँच जना खेलाडी परिवर्तन गरेकाे छ । आज लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाल टाेलीमा आएका छन् । हिजाे पहिलो खेलमा खेलेका विवेक यादव, प्रतिस जिसी, कमलसिंह ऐरी, अबिनाश बोहरा र ललित राजवंशी बाहिर छन् ।

हिजाे भएकाे पहिलाे खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले हराएकाे थियाे । टी–२० क्रिकेट शृङ्खलाकाे तेस्राे खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।