यसअघि दुई खेल जितेको नेदरल्यान्ड्स ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल २ अङ्कसहित दोस्रो स्थानमा र समान अङ्क भएको नामिबिया नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ । फाइनलमा पुग्ने बलियो आधार बनाउन नेपालले आज नेदरल्यान्ड्सलाई हराउनुपर्ने हुन्छ । अनि भोलि हुने नामिबिया र नेदरल्याण्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्छ । फाइनल खेल मंगलवार हुनेछ ।