३३२ संक्रमित थपिँदा २३२ संक्रमणमुक्त

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १३ पुगेको छ ।

बुधबार २३२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ३६९ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ७ हजार ५९० पीसीआर तथा २ हजार ३३० एन्टिजेन परीक्षण भएको हो ।