आज क्राइस्टचर्चमा भएको अन्तिम खेलमा जितका लागि १ सय ३५ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्ड १७ ओभर २ बलमा ९२ रनमा अलआउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक २६ रन बनाए । त्यस्तै, फिन एलेनले २२ रन जोड्नुबाहेक अरुले राम्रो खेल्न सकेनन् ।
पाकिस्तानका इफ्तिखर अहमदले ३ विकेट लिए । शाहिन शाह अफ्रिदी र मोहम्मद नवाजले समान २/२ तथा जमान खान र उस्मा मिरले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ३८ रन बनाए ।
न्युजिल्यान्डका टिम साउदी, म्याट हेनरी, लोकी फर्गुसन र ईश सोधीले समान २/२ विकेट लिएका थिए ।