कारागारमा सवारी ज्यान मुद्दाका एक जना कैदीको मृत्यु

सिन्धुली कारागारमा रहेका सवारी ज्यान मुद्दाका एक जना कैदीको मृत्यु भएको छ । सिन्धुली कारागारमा दुधौली नगरपालिका–१० का विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुली प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालका अनुसार बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर विमल सुतेका थिए ।तर अचानक बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको प्रवक्ता दाहाल बताउँछन् । सिन्धुली प्रहरीका अनुसार विमल बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको थियो ।

सिन्धुली प्रहरीका अनुसार विमलको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।
पोष्टमार्टम रिपोर्ट आइसकेपछि थप अनुसन्धान गरिने प्रहरीको तयारी रहेको प्रवक्ता दाहालको भनाइ छ । गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि विमल कारागारमा थिए ।

चार टोलीमध्ये शीर्ष दुई टोली एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् । पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ गोल अन्तरले हराएर दोस्रो चरणमा स्थान बनाएको थियो।