पाकिस्तानका तीव्र गतिका बलर नसिम शाहले विश्वकप क्रिकेट गुमाउने

पाकिस्तानका तीव्र गतिका बलर नसिम शाहले विश्वकप क्रिकेट गुमाउने भएका छन् । दाहिने काँधमा लागेको चोट शुरुमा आशंका गरिएको भन्दा खराब रहेको पत्ता लागेपछि उनले विश्वकप गुमाउने भएको क्रिक इन्फोले जनाएको छ ।

विश्वकप आउँदो अक्टोबरको ५ तारिखदेखि भारतमा शुरु हुँदैछ । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले उनको विकल्प खोजिरहेको खबरमा उल्लेख छ । उनको चोटको अवस्था हेर्दा यो वर्षभरी मैदान फर्कन सक्ने सम्भावना छैन ।

एसिया कप क्रिकेटमा भारतसँगको खेलमा घाइते हुँदै नसिम बीचमै मैदानबाट फर्किएका थिए । विश्वकपमा नसिमको अनुपस्थिति पाकिस्तानको लागि झट्काका रुपमा हेरिएको छ ।

नसिमलाई करियरको शुरुवाती चरणमा चोटपटक लागेको थियो । नसिम सबै ढाँचामा पाकिस्तानका लागि महत्वपूर्ण बलर बनेका छन् । उनी आफ्नो एकदिवसीयमा डेब्यु गरेदेखि सबैभन्दा शक्तिशाली बलर हुन् ।