पाकिस्तानसँगकाे खेलमा नेपाल पहिला बलिङ गर्दै

एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँगकाे खेलमा टस हारेर पहिला बलिङ गर्ने भएकाे छ ।

मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले पहिला ब्याटिङ गर्ने भएपछि नेपालले बलिङकाे निम्ताे पाएकाे हाे ।

१६ औँ संस्करणकाे एसिया कप आजदेखि शुरु भएकाे हाे । यस्तै नेपालले दाेस्राे खेलमा आउँदाे साेमवार भारतसँग खेल्दैछ ।

एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेकाे हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।

नेपालको प्लेइङ–११

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित कुमार पौडेल (कप्तान), आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने, ललित राजवंशी ।

पाकिस्तानको प्लेइङ–११

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।