सुनको भाउ तोलामा आज ८ सय रुपैयाँले घट्याे

हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ ।

तोलामा आज ८ सय रुपैयाँले घटेर सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको बिहीवार सुनको भाउ तोलामा १ लाख १० हजार ८ सय रुपैयाँ थियो । अस्ति शुक्रवार नयाँ वर्ष र हिजो शनिवार सार्वजनिक बिदा भएकाले नयाँ भाउ आज तोकिएको हो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहीवारकै भाउ तोलामा १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।