सिके राउत नेतृत्वका जनमत पार्टीले पहिल पटक मेयरको सिट जित्यो

वीरगंज -सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा निर्वाचित भएको छ ।

जनमत पार्टीबाट विरेन्द्र माझीले ६ हजार ४ सय मत प्राप्त गरेर मेयरमाको सिट जित्नुभएको छ ।

माझीले निबर्तमान मेयर तथा उहाका निकटम प्रतिद्वन्दी शैलेश साहलाई १६० मत अन्तरले परातिज गर्दै मेयरमा निर्वाचित हुनुभएको हो ।

निबर्तमान मेयर साहले ६ हजार २ सय ४६ मत प्राप्त गर्नुभएको छ ।