एसईई परिक्षा अन्तर्गत आज नेपाली बिषयको परिक्षा सम्पन्न

यस बर्ष पर्सामा तीनजना बालसुधार गृहका सहित ९ हजार ५८ जनाले परीक्षामा सहभागी भएकोे शिक्षा विकास समन्वय इकाई प्रमुख फत्त बहादुर श्रेष्ठले जानकारी दिनुभयो । त्यसमध्य नियमिततर्फ ८ हजार ६ सय ९१ जना, प्राविधिक तर्फ २ सय ९ जना र ग्रेडवृद्धिका १ सय ५३ जना रहेका छन् ।

छात्र ४ हजार ८ सय ४७ र छात्रा ४ हजार १ सय ८९ जना गरी ९ हजार ५८ जनाले परीक्षा फाराम भरेको इकाई प्रमुख श्रेष्ठले बताउनुभयो ।

पर्सामा वीरगन्ज महानगरपालिकामा १४ वटा र महानगर बाहिरका नगरपालिका र गाउँपालिकाहरुमा ११ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो । यसैगरी देशभर दुई हजार सात वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षामा यस वर्ष ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार नौ सय १४ जना र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी पाँच लाख १४ हजार नौ सय ६७ परीक्षार्थी सहभागी भएका छन ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार चार सय ५४ विद्यार्थी र प्राविधिक धारतर्फका दुई सय ९९ विद्यालयका १४ हजार पाँच सय ६४ विद्यार्थी पनि एसईईमा सहभागी भएका हुन । परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ जना विद्यार्थी सहभागी भएका हुन ।

एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि सहभागी भएका हुन ।