बीरगन्ज–रक्सौल सीमा नाकाबाट मँगलबार सशस्त्र प्रहरीले ६ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने १८ वर्षीय पवन कुमार श्रीवास्तवको साथबाट ६ केजी अवैध लागुऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनलाई बीरगन्जबाट पैदल रक्सौलतर्फ जाँदै गर्दा सशस्त्र प्रहरीले लागु औषध ६ किलो गाँजासहित पक्राउ गरेको जनाएको हो । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।