नियमित चेकिंगको क्रममा प्रहरीले उनि सवार ना १५ प २३७२ नम्बरको मोटरसाईकललाई रोकी जाच गर्दा भारतीय प्रतिबन्धित ५ सयको दरको नोट २९३ थान , १०० को नोट ५ थान गरी जम्मा रु १ लाख ४८ हजार ५ सय रुपैया बरामद गरेको छ ।
बरामद भएको प्रतिबन्धित भारतीय रुपैया उनि सवार मोटरसाईकल सहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जनाएको छ ।