गत भदौ २२ गते मगलबारका दिन शिक्षा शाखाका प्रमुख , सामुदायिक बिद्यालयका प्रधानाध्यापक शिक्षक महासंघका प्रतिनिधिहरुको संयुक्त बैठकले बिद्यालय खुलाउने निर्णय गरेको थियो ।
त्यसै निर्णय बमोजिम आजदेखि स्वास्थ्य मापदण्डको पालना गर्दै बालविकास देखि कक्षा १० देखि सम्मको पठन पाठन सञ्चालान भईरहेको छ ।
विद्यालयमा अनिवार विद्यार्थी र शिक्षकलाई मास्क लगाएर आउन भनिएको छ भने कक्षा कोठामा सेनिटाईजरको व्यवस्था गरिएको छ । त्यसै गरी विद्यालय परिसरमा साबुनपानीको व्यवस्था गरिएको छ ।