होटलमा प्रहरीले गरेको छापामारीको दृश्य मोबाईलमा कैद गर्ने क्रममा मोबाईल खोसी फोटो मेटाउने तथा अपशब्द प्रयोग गर्ने काम प्रहरीबाट भएको भन्दै उक्त घटनाप्रति महासंघको ध्यानाकार्षण भएको महासचिव बन्जराले जनाउनु भएको छ ।
प्रहरीका यस्ता कार्यले सिंगो पत्रकारिता जगतप्रति राज्यले गर्ने व्यवहार प्रदर्शन हुने भएकाले त्यस्ता निन्दनीय कार्य अबिलम्ब रोकी घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न महासचिव बन्जराले बिज्ञप्ती मार्फत माग गर्नु भएको छ ।
त्यस्तैगरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर ५ को रेडियो रुपान्तरणका सञ्चारकर्मी नागेन्द्र साहलाई समाचार लेखेकै आधारमा धनकौल गाँऊपालिका वडा नम्बर ४ का कुन्दन मिश्राले मोबाईल फोन मार्फत ज्यान मार्ने धम्की दिएको घटनाको निन्दा गर्दै निज मिश्रालाई अबिलम्ब पक्राऊ गरी अनुसन्धान सहित कानुनी कारबाही गर्न प्रहरीप्रशासनसंग उहाँले माग गर्नु भएको छ ।