मानवअधिकारकर्मी पहाडी दिल्लीको एपोलो अस्पतालमा भर्ना

मानव अधिकार तथा शान्ति समाजका पूर्वअध्यक्ष पहाडीमा लामो समयदेखि मधुमेह, उच्च रक्तचाप, थाइराइड, प्रोस्टेट, घाँटी, नाक र घुँडाको समस्या छ । पहाडीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले जानकारी दिए ।

पहाडीको नौ वर्ष अगाडि पनि दिल्लीमा दाहिने हातको अप्रेसन गरी ट्युमर निकालिएको थियो ।