नेपालमा दोस्रो लहर सुरु भएपछि पहिलोपटक दैनिक थपिनेको संख्या एक हजार भन्दा तल झरेको हो । २४ घण्टामा परीक्षण गरिएकामध्ये १० दशमलव १० प्रतिशतमा मात्रै संक्रमण देखिएको छ ।
नेपालमा अहिलेसम्म सङ्क्रमित हुनेकाे सङ्ख्या ८ लाख ६२ हजार नौ सय ४६ जना पुगेको छ । यस्तै २४ घण्टामा एक हजार तीन सय ६८ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या सात लाख ३८ हजार ३४ जना पुगेको छ । थप १२ जनाले ज्यान गुमाएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको सख्या १० हजार नौ सय ३६ जना पुगेको छ ।
नेपालमा अहिले २७ हजार ३ सय ५५ जना सक्रिय संक्रमित रहेकोमा चार सय ५६ जनाको आईसीयू र एक सय २२ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ ।