किसान कृषि तथा पशु बिमामा ८० प्रतिशत अनुदान

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्‌मा चालु आर्थिक वर्षको बजेट अध्यादेश प्रतिस्थापन गर्ने विधेयकमार्फत कृषि तथा पशुजन्य व्यवसायमा लगानीको सुरक्षाका लागि तथा किसानलाई त्यसतर्फ आकर्षित गर्नका लागि बिमा अनुदान रकम वृद्धि गर्ने व्यवस्था गरिएको बताए ।

उनले सरकारले बिमा रकममा ८० प्रतिशत अनुदान दिने घोषणा गरे । बाँकी २० प्रतिशत भने किसान आफैंले तिर्नुपर्नेछ । आजको कान्तिपूर डेलीबाट