सरकारले बजेट संशोधन गर्न चाहेको छ। जसअनुसार अर्थ मन्त्रालयले प्रतिस्थापन विधेयक समेत तयार गरिसकेको छ। जुन विधेयक सरकारले संसदमा नै पेस गर्ने चरणमा पुगेको जानाएको छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार शुक्रबार उक्त विधेयक संसदमा पेश गरिने योजना छ ।कोष तथा लेखा नियन्त्रक कार्यालयहरु, प्रदेश लेखा नियन्त्रक कार्यालयहरु र प्रदेश लेखा इकाइ कार्यालयहरु सबैलाई निकासा रोक्न महालेखा नियन्त्रकको कार्यालयले भनेको हो।