आज नेपाली राष्ट्रिय क्रिकेट टिमले पीएनजीसँग खेल्दै

नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार बेलुका सवा सवा चार बजे सुरु हुनेछ । नेपालले पहिलो पटक डे नाइट एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो । सिरिजमा नेपाल १–० ले अघि रहेको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदेशात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलिरहेको हो ।