भारतमा थपिए ४३ हजार ४०६ संक्रमित, ३३९ संक्रमितको मृत्यु

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३१ लाख ३८ हजार ८५६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९९ हजार ९०० जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३३९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४१ हजार ७८२ पुगेको छ ।