वाग्मती : मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद् विस्तार गर्ने, ११ जना मन्त्री थपिँदै

मन्त्री बन्ने अरु १० जनाको नाम सार्वजनिक भैसकेको छैन । पार्टी विभाजनमा माधवकुमार नेपाल समूहलाई साथ नदिएर एमालेमै बसेकाहरु मन्त्री बन्ने प्राथमिकतामा छन् ।

गएको भदौ २ गते नेकपा एमालेको बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्यको सरकार अल्पमतमा परिसकेको छ । वाग्मतीमा ५६ मध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएपछि उहाँको सरकार अल्पमतमा परेको हो । उहाँले अब एक महिनाभित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।