गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारको अध्यक्षता र शिक्षा शाखाका प्रमुख कपिल लामिछानेको आयोजनामा बसेको उक्त गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधनाध्यापकहरु तथा शिक्षक महासंघको संयुक बैठकले स्वास्थ्य मापदण्ड अपनाउदै बिद्यालय सञ्चालान गर्ने निर्णय गरेको हो ।
बैठकले विद्यालय भदौ २८ गते सोमबार देखि खोल्ने , विद्यालय आउने सम्पूर्ण विद्यार्थीले मास्कको अनिवार्य प्रयोग गर्ने , विद्यालयमा साबुन पानीको व्यवस्था गर्नुपर्ने , कक्षा कोठामा सेनिटाईजरको व्यवस्था गर्ने निर्णय भएको हो ।
कक्षा सञ्चालान दिनदेखि नै बालविकास देखि कक्षा १० सम्मको पठन पाठन गराउने बैठकले निर्णय गरेको छ । सो अवसरमा शिक्षक महासंघ अध्यक्ष धर्मेन्द्र कुमार चौबे, सह अध्यक्ष मुकलेश गदि , सदस्य नन्दु कुमार यादव लगायत १४ वटै सामुदायिक बिधालयको प्रधानाध्यापकको उपस्थिती रहेको थियो ।