भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गयो, तीन जनाको उपचार हुँदै

अस्पतालको क्वाटरमा गएराति कोइला बालेर सुतेका धर्मप्रसाद भट्टराई, उहाँका तीन महिनाका छोरा इप्सन, दिदी कोली भट्टराई र धर्मप्रसादकी सासु कोकिलाको ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।

उहाँकाअनुसार धर्मप्रसादकी श्रीमती सुशीला, ३ वर्षका छोरा दिवस र भाई नरेन्द्रको भने उपचार भइरहेको छ । प्रहरीकाअनुसार उनीहरु कोठामा कोइला बालेका सुतेका थिए । झ्याल ढोका बन्द भएकाले निस्सासिएर चार जनाको ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ ।