यस्तै दुई सय २८ कम्पनीका ५६ लाख ३८ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले र नेपाल बङ्गलादेश बैंकको शेयर नौ प्रतिशतले बढेको छ । नारायणी विकास बैंकको शेयर भने झन्डै साढे तीन प्रतिशतले घटेको छ ।