सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुमाहालटोलका अध्यक्ष रमेशकुमार चौधरीको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा समपन्न सो कार्यक्रममा प्रहरी निरिक्षक श्रेष्ठले लागुअौषधले समाज र राष्ट्रलाई असर पुराउनुको साथै घर परिवारमा समेत असर गर्ने काम भइरहेको बताए । अहिले धेरै युवाहरु कुलतमा फसिरहेकोले यसबाट बेलामा सचेतना जगाउनु पर्ने प्रहरी निरिक्षक श्रेष्ठको भनाइ रहेको छ।मेरी गोल्ड माविमा अध्यानरत कक्षा ८,९ र १० का करिब १०० जना विद्यार्थीहरुको सहभागीता रहेको छ।
कार्यक्रममा मेरी गोल्डका प्रिन्सिपल रवि कोइराला ,सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुमाहालटोलका उपाध्यक्ष सन्जु दाहाल ,मुनलाइट माविकाका डाइरेक्टर एवम् सल्लाहकार श्याम केसि,मेरी गोल्डका शिक्षक भुवन कोइराला,सामुदायिक प्रहरी सेवा केन्द्रका इन्चार्ज सुनिता वि। क,श्रीमती तारा बिष्ट ,ईन्दिरा पोख्रेल ,पत्रकार जगत राई,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साका कोषाध्यक्ष सन्तोष रन्जितकार,प्रहरी जवान कुमार वि। क अनमोल कोइराला ,ज्ञानमाया रायमाझी लगायतको उपस्थित रहेको थियो ।