खेल्दै गरेको बच्चालाई लिएर भाग्दै गरेका एकजना पक्राउ

जितेन्द्र पटेलको ८ बर्षीय छोरा अबिराज पटेललाई आफ्नो गलबन्दीले हात खुट्टा बाँधी लिएर जादै गर्दा अन्य बच्चाहरुले हल्ला गरेपछी स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरिलाई बुझाएको हो ।

पक्राउ परेका व्यक्ति लागुऔषध सेवन कार्त रहेको प्रहरीले जनाएको छ । उनले लागुऔषधको झोकमा बच्चालाई बन्धक बनाई लैजान खोजेको बुझिएको छ । घटनाको अनुसन्धान भईरहेकोले पक्राउ परेका व्यक्तिको परिचय समाचारमा खुलाईएको छैन ।