‘द न्युज इन्टरनेशनल’का अनुसार घाइतेमध्ये पाँच सय ७६ जना गम्भीर घाइते भएका छन् जसलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा चार सय ४० सामान्य घाइतेको उपचार भएको छ ।
सञ्चारमाध्यमका अनुसार यी सडक दुर्घटनामा चार सय २५ चालक, ४६ नाबालिग चालक, एक सय ३६ पैदलयात्री र चार सय ६६ यात्रु रहेका जनाइएको छ । पाकिस्तानको ठूलो भागमा विशेष गरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरोका कारण सडक दुर्घटना बढेको जनाइकाे छ ।