फेन्सी पसल सञ्चालन गर्दै आएका महतो पसल बन्द गरेर मामाघर चन्द्रनगर तर्फ जाँदै गर्दा भ्यानले ठक्कर दिएको हो । आइतवार राति करिव ९ बजे मामाघर जाने क्रममा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीको स्वीरोक्ति छ ।
आफूहरूलाई दुर्घटना हुनेबित्तिकै जानकारी नगराएर मृत्युपछि मात्र जानकारी दिएको स्थानीयको आरोप छ । घटना राति भए पनि परिवारलाई विहान मात्र जानकारी दिइएको थियो । आफैँ संलग्न भएपछि प्रहरीले घटना ढाकछोप गर्न लागेको भन्दै उद्योग वाणिज्य संघ, ईश्वरपुरको आयोजनामा बजार बन्द गर्दै ईलाका प्रहरी कार्यालय, ईश्वरपुर अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।