कक्षा १ देखि ११ सम्म एउटै मूल्याङ्कन विधि, पास हुन न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनु पर्ने

लेटर ग्रेडिङ प्रणाली अनुसार ९० र त्यसभन्दा माथिको प्रतिशत ल्याउने विद्यार्थीको नतिजालाई सर्वोत्तम (ए प्लस) मानिनेछ । ८० र त्यसभन्दा माथि ९० भन्दा कम प्रतिशत अङ्क ल्याए ग्रेडसिटमा अत्युत्तम (ए) उल्लेख गरिनेछ । यस्तै ७० माथि ८० भन्दा कमलाई उत्कृष्ट (बी प्लस), ६० माथि ७० भन्दा कमलाई उत्तम (बी), ५० माथि ६० भन्दा कम सन्तोषजनक (सी प्लस), ४० र त्यसभन्दा माथि ५० भन्दा कमलाई ग्राह्य (सी) र ३५ माथि ४० भन्दा कमलाई आधारभूत (डी) को मान्यता दिइनेछ । पहिले (डी प्लस) लाई पनि ग्रेडिङ गरिन्थ्यो । अहिले यो तह हटाइएको छ ।

३५ भन्दा कम अङ्क ल्याउनेलाई अवर्गीकृत (एनजी) उल्लेख गरिनेछ । ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैन ।