महाशाखाले विशेष बुलेटिन निकालेर तराईका विभिन्न ठाउँमा आंशिकदेखि सामान्य बद्ली रही हल्का वर्षा हुने जनाएको हो । हिजोदेखि सुरु भएको यो प्रणाली भोलि र पर्सि देशभर फैलने र देशभरका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।
यो प्रणालीको प्रभावका कारण उच्च पहाडी र हिमाली क्षेत्रका धेरैजसो ठाउँमा हिमपात हुने मौसमविद्ले बताएका छन् । मौसमविद्काअनुसार बिहीवारदेखि भने यो प्रणाली क्रमिक रुपमा कमजोर हुँदै जाने छ। यस्तै, मौसमविद्ले चिसोका कारण पर्वतारोहण, हवाई/यातायात र दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।