कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९ दशमलव २४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो । गएकाे वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२ दशमलव ०१ प्रतिशत थियो । गएकाे आवको चार महिनाको तुलनामा यस वर्ष वितरणतर्फको चुहावट २ दशमलव ७७ प्रतिशत बिन्दुले कम हो।
प्राधिकरणले चालु आवमा विद्युत् चुहावट १५ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो
आव २०७२/७३ मा २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावटलाई घटाएर प्राधिकरणले आव २०७६/७७मा १५ दशमलव २५ प्रतिशतमा झारेको थियो । तर, आव २०७७/७८मा चुहावट १ दशमलव ९१ प्रतिशत बिन्दुले बढेर १७ दशमलव १८ प्रतिशत पुगेको थियो ।