चीनविरुद्ध पश्चिमी देश एक हुन आवश्यक छ : क्यानडाका प्रधानमन्त्री

ग्लोबल च्यानलसँगको अन्तर्वार्तामा क्यानडाका प्रधानमन्त्रीले चीन आर्थिक अवसर हासिल गर्नका लागि जे पनि गर्न सक्ने बताउनुभयो । ट्रुडोले भन्नुभयो, ‘हामी सामना गरिरहेका छौँ र चीन समय–समयमा निकै छलपूर्वक मुक्त बजारमा सबैसँग आफ्नो खेल खेलिरहेको छ ।

हामीले यस मामिलामा अझ राम्रो गर्न आवश्यक छ । हामी एकजुट हुन आवश्यक छ, जसका कारण चीनले हामीलाई आपसमा बाँड्न नसकोस् ।’सन् २०१८ पछि चीन र क्यानडाको सम्बन्ध राम्रो छैन । हुवावेकी चिफ पाइनान्सियल अफिसर मेंग वांचोउको गिरफ्तारीको जवाफ दिँदै चीनले क्यानडाका दुई नागरिकलाई गिरफ्तार गरेको थियो । साभार उज्यालो अनलाईन बाट