उनीहरुले शुक्रबार राति रक्सि सेवन गरेर श्रीपूरमा रहेको किराना पसलमा तोडफोड गर्दै हुहल्ला गर्दै थिए । त्यहि क्रममा पसलेले प्रहरीलाई खबर गरे पश्चात वडा प्रहरी कार्यालय श्रीपूरबाट गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई वडा प्रहरी कार्यालय श्रीपूरमा राखीएको छ । शान्ति सुरक्षामा खल्ला पुर्याएको भन्दै वडा प्रहरी कार्यालय श्रीपूरले जिल्ला प्रशासन कार्यालय पर्साबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको प्रहरी निरीक्षक गौतमले जानाकरी दिनुभयो ।