स्थानीय तह सञ्चालन ऐनअनुसार पदावधि सकिनु दुई महिनाअघि चुनाव गरिसक्नुपर्ने व्यवस्था छ । चुनाव तयारीका लागि आयोगलाई एक सय २० दिन आवश्यक पर्ने आयोगले जनाएको छ । संविधानको धारा २ सय २५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था छ ।
कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको हो ।