महोत्तरीमा आगलागी- तिन बाख्रा सहित घर जलेर नष्ट

आगलागिमा मुखीयाको फुसको घर पूणर्रुपमा जलेर नष्ट भएको छ । आगलगीमा तिन वटा बाख्रा सहीत तिस हजार बराबरको धनमाल जलेर नष्ट भएको जनाईएको छ ।

आगलागीका खवर प्राप्त हुना साथ तत्काल प्रहरी चौकि कटीकटैयाबाट गएको प्रहरी टोली सहित स्थानिय व्यक्तिहरुको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको थियो । उद्यपी उक्त आगलागीको घटनामा कुनै किसिमको मानवीय क्षति नभएको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।