नेप्से १ सय ६१ अङ्कले बढ्यो, ४२ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

काठमाण्डाै – शेयर बजार कारोबार मापक नेप्से आज भने एक सय ६१ भन्दा धेरै अङ्कले बढेको छ । नेप्से आज एक सय ६१ दशमलव ९४ अङ्कले बढेर दुई हजार नौ सय ८० दशमलव ७८ विन्दुमा पुगेको छ । आज नेप्से पाँच दशमलव ९४ प्रतिशतले बढ्यो ।

हिजो शेयर बजार एक सय आठ अङ्कले घट्दा दुई सय नौ वटा कम्पनीको शेयर राताम्मे भएको थियो ।

आज सबै समूहको शेयर बढेकोमा ४२ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज दुई सय २४ वटा कम्पनीको एक करोड ७९ लाख कित्ता शेयर नौ अर्ब ८२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।