गायक सुनिल पंडितको गिती एल्बमको शुभमहुर्त गरियो

उनले एल्बममा नेपाल र भारतका कलाकारहरुको सहभागिताले पनि नेपाल भारत वीच बेटीरोटीको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे । करिब साढे ३ लाखमा निर्माण गर्ने एल्बम अगामि फागुनमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

५ वटा गीत रहेको एल्बममा गायक सुनिल पंडित, शिल्पी राज, अन्तरासिंह प्रियकाको स्वर रहेको छ । संगीतकार मनोज बन्टी र सन्तोष राजले संगीत भरेका छन् । शुभमहुर्तको अवसरमा स्थानीय गायक सोधा यादव, वीरगञ्जका कालाकार दीपनारायण शर्मा, कालकार धीरज पंडित, वरेन्द्र क्षेत्रीलगायत अतिथिहरुको समेत सहभागिता रहेको थियो ।