पर्सामा दोस्रो चरणको मतदाता नामावली सङ्कलन शुरू

दोस्रो चरणको मतदाता नामावली सङ्कलन पुस १८ गतेसम्म सञ्चालन हुनेछ । ठोरी, पटेर्वासुगौली, छिपहरमाई, विन्ध्यवासिनी गाउँपालिकामा दोस्रो चरणको मतदाता नामावली सङ्कलन भइरहेको उनले बताइन् । योसँगै जिल्ला प्रशासन कार्यालय, पर्सा र जिल्ला निर्वाचन कार्यालयमा नियमितरूपमा मतदाता नामावली सङ्कलन भइरहेको प्रमुख झाले जानकारी गराइन् ।

पहिलो चरणको मतदाता नामावली मङ्सिर १७ देखि पुस २ गतेसम्म पर्सा जिल्लामा भएको थियो । अहिले दैनिक १५० जना नयाँ मतदाता थपिंदै गरेको उनले बताइन् । एकजना कम्प्युटर अपरेटर र तीनजना सहायक मतदाता नामावली सङ्कलन कार्यमा प्रत्येक पालिकामा खटेका छन् । पर्सा जिल्लामा मतदाता नामावली सङ्कलन हुनुअघि तीन लाख नौ हजार ४७२ जना मतदाता थिए । आजको प्रतिक दैनिक बाट