युवाको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै सिरहाको गोलबजारमा प्रर्दशन

हिजो आइतवार छुरा प्रहार गरी हत्या गर्ने अभियुक्तहरुलाई २४ घण्टाभित्र पक्राउ गर्ने प्रतिबद्धता प्रहरीले पूरा नगरेको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग नै बन्द गरेका हुन् । सडक खुलाउन प्रहरीले माइकिङ गरे पनि प्रदर्शनकारीले प्रहरीमाथि नै ढुङ्गामुडा गरेका छन् । त्यसपछि प्रहरीले पनि लाठीचार्ज गरेको छ । प्रदर्शनकारी र प्रहरी दुवैतर्फका केही व्यक्ति घाइते भएका मेयर साहले बताउनुभयो ।

हिजो छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ का २६ वर्षीय रामकुमार सदायको ज्यान गएको थियो । छुरा प्रहारबाटै उहाँका साथी निकेश सदाय गम्भीर घाइते हुनुहुन्छ । मृतकको शव भने परिवारले बुझेका छैनन् ।

छुरा प्रहार गरी हत्या गर्नेलाई पक्राउ गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने प्रदर्शनकारीकाे माग छ । उनीहरूले अपराधी ठूला व्यक्ति भएकाले प्रहरी आर्थिक प्रलोभनमा परेर पक्राउ गर्न नचहेको आरोपसमेत लगाएका छन् । साभार उज्यालो अनलाईनबाट