नागरिकता नभएकालाई पनि मतदाता नामावली समावेश गर्न उपेन्द्र यादवको माग

उमेर पुगेका तर नागिरकता नपाएका व्यक्तिलाई मतदाता नामावलीमा समावेश गरी निर्वाचन प्रक्रियामा भाग लिन पाउने अधिकार दिन उनको माग छ ।आज (आइतबार) सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै भनेका छन्, ‘नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन सक्दैन । लाखौँ जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन सकेको छैन ।

त्यसैगरी लाखौं मधेसीहरूलाई नागरिकता प्रमाणपत्र राज्यले प्रदान गरेको छैन ।’निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै अध्यक्ष यादवले नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु फरक विषय भएको दाबी गरेका छन् ।

‘निरंकुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो व्यवस्था थिएन’, यादवले प्रश्न गरेका छन्, ‘नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यको हो, राज्यले आफ्नो जिम्मेवारी पूरा नगरेको तर त्यसको सजाय जनताले भोग्नुपर्ने, यो कस्तो न्याय हो ?’ सबै नेपाली नागरिकको नाम मतदाता नामावलीमा सामेल गरिनुपर्ने उनको माग छ ।-File Photo