यस्तै, उक्त टोलीले मिति २०७८।०९।०१ गते देखि ऐ. ०३ गते सम्म राक्सिराङ गा.पा. को वडा नं. ४, ५ अन्तर्गतका वडा एरियाहरुमा ३३ बिगाहा लागु औषध गाँजा र १९ बिगाहामा अबैध रुपमा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
पुष १ गतेदेखि ३ गते सम्म लागुऔषध गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा प्रहरी निरिक्षक सुमन बानियाको कमाण्डमा खटिएको ६० जनाको प्रहरी टोलीले अवैध रुपमा लगाइएकाेे गाँजा खेती र अफिम खेती नष्ट गरेकाे हाे ।