कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य रौनियारले पार्टीलाई देशकै नमुना पार्टी बनाउनु पर्ने भएकाले जनताको मन जित्ने गरी काम गर्न पार्टीका प्रतिनिधिलाई आग्रह गर्नुभयो । उहाले जसपा भनेको जनताको हो महसुस हुने गरी पार्टीलाई एक ढिका गरेर अगाडी बढ्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा जसपा प्रदेश समिति सदस्य गौरिसंकर साह , जिल्ला सदस्य नागेन्द्र यादव , विजय कुमार चौरसिया , क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु अध्यक्ष , त्यसैगरी पार्टीका नेता कार्यकर्ता र स्थानीय बुद्धिजिबीको उपस्तिथी रहेको थियो ।